• २०८१ जेठ ६ आइतबार

सरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

kharibot

काठमाडौं । सरकार र आन्दोलनरत राहत शिक्षकहरुबीच सहमति भएको छ । शिक्षा मन्त्रालयमा शुक्रबार भएको वार्तामा आन्दोलनरत शिक्षकसँग पाँच बुँदे सहमति भएको हो । 

शिक्षा विधेयकलाई संशोधन गर्ने गरी सहमति गरिएको र शतप्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्ने तथा अस्थायी सेवा अवधि पनि शतप्रतिशत नै गणना गर्ने सहमति भएको छ ।

शिक्षामन्त्री अशोक राई,  शिक्षाराज्यमन्त्री प्रमिला कुमारी, सचिव सुरेश अधिकारी तथा आन्दोलनरत राहत शिक्षकका प्रतिनिधिहरुमा नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरलगायत सहभागी थिए ।

सरकारसँग सहमति भएसँगै आन्दोलनको कार्यक्रम स्थगित भएको छ । संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरको शिक्षकहरु आन्दोलित भएका थिए । सामुदायिक विद्यालयका शिक्षकहरुले काठमाडौंमा केन्द्रीत भएर गत बुधबारदेखि आन्दोलनमा उत्रेका थिए । गत शुक्रबार सरकारले आन्दोलनको आह्रान गर्ने नेपाल शिक्षक महासंघसँग ७ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित भएपनि सो सहमतिमा असन्तुष्टि जनाउँदै राहतका शिक्षकहरुले आन्दोलन जारी राखेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै