• २०८१ जेठ ७ सोमबार

केएमसी अस्पतालका चिकित्सकमाथि कुटपिट, दुई जना पक्राउ

kharibot

काठमाडौँ । काठमाडौंको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालका चिकित्सकमाथि कुटपिट भएको छ । आइतबार दिउँसो करिब १ बजे ओपिडीमा आएका एक बिरामीका आफन्तले डा. मनिष खड्कामाथि कुटपिट गरेका हुन् ।

कुटपिट भएपछि त्यहाँ कार्यरत सम्पूर्ण चिकित्सकले सेवा बन्द गरी आन्दोलनमा उत्रिएका छन् । केएमसीमा चिकित्सकमाथि कुटपिट भएपछि अहिले अस्पताल परिसरमा उनीहरुले नाराबाजी गरिरहेका छन् ।

प्रहरीले घटनामा संलग्न भएको भन्दै दुई जनालाई पक्राउ गरेको छ । 

पछिल्लो समयमा विभिन्न अस्पतालमा चिकित्सक कुटिने घटना बढिरहेका छन् । यसअघि हेटौंडाको सञ्चो अस्पताल, पोखराको मणिपाल अस्पताल, लमजुङ जिल्ला अस्पतालमा चिकित्सक कुटिएपछि देशभरका स्वास्थ्यकर्मी आन्दोलित भएका थिए । 

चिकित्सकहरूमाथि कुटपिटपछि सरकारले नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकसँग कार्यस्थलको सुरक्षाका लागि शनिबार मात्र सहमति गरेकोमा आज फेरी यस्तै घटना दोहोरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै