• २०८१ जेठ २ बुधबार

सिक्किममा बादल फाटेर आएको बाढीका कारण २३ सैनिक बेपत्ता

kharibot

नयाँ दिल्ली । सिक्किममा बादल फाटेर टिस्टा नदीमा आएको बाढीका कारण २३ सैनिक बेपत्ता भएका छन् । डिफेन्स पीआरओका अनुसार मंगलबार बिहान १: ३० बजे लोनाक तालमा बादल खसेपछि लाचेन उपत्यकाको टिष्टा नदीमा अचानक बाढी आएको हो ।

खोला नजिकैको क्षेत्रमा सेनाको क्याम्प रहेको थियो, जुन बाढीले बगाएर बगाएको थियो । गुवाहाटीका डिफेन्स पीआरओले भने- पानी एक्कासी बढेपछि चुङथाङ बाँधबाट पानी छोड्नुपरेको हो । यसपछि तल्लो क्षेत्रहरु पनि डुब्न थालेका छन् । यहाँ सिंगताम नजिकै बर्दाङमा पार्किङ गरेका सेनाका ४१ गाडी बगाएको छ ।

सेनाका अनुसार बादल पड्किएपछि टिस्टा नदीको पानीको बहाव एकाएक १५ देखि २० फिटले बढेको थियो । त्यसपछि खोला आसपासका क्षेत्रहरु डुबानमा परेका छन् । खोलाको पानी धेरैको घरमा पनि पुगेको छ । मानिसहरु घर छाडेर सुरक्षित ठाउँमा गएका छन् ।

गुवाहाटीका डिफेन्स पीआरओले दुर्घटनापछि बेपत्ता सैनिकको खोजीका लागि उद्धार कार्य सुरु गरिएको बताए । स्थानीय प्रशासनले पनि आफ्नो स्तरमा उद्धार कार्य गरिरहेको छ । यद्यपी मानवीय तथा भौतिक क्षतिको विवरण भने आउन सकेको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै