• २०८१ बैशाख २५ मंगलबार

बागमती प्रदेशलाई आत्मनिर्भर बनाउने नीति लिएको छ- मुख्यमन्त्री जम्कट्टेल

kharibot

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा उद्योग कालकारखाना स्थापना गरी ‘आत्मनिर्भर बागमती’ बनाउने नीति लिएको बताएका छन् ।

आज हेटौँडामा आयोजित उद्योग परिसङ्घ बागमती प्रदेशको साधारणसभा तथा दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारले प्रदेशलाई आत्मनिर्भर बनाउने नीति लिएर अगाडि बढेको बताए ।

उद्योगीका क्षेत्रमा छलफल गरेर अगाडि बढ्ने बताउँदै मुख्यमन्त्री जम्कट्टेलले प्रदेशको क्षेत्राकारभित्रका कार्यमा लगानी गरेको दाबी गरे ।

सरकारले कृषि क्षेत्रमा जोड दिने भन्दै विगतमा कृषि क्षेत्र व्यक्ति केन्द्रित भएकाले त्यसको अन्त्य गरेर व्यसायीकरण गर्दै अगाडि बढ्नुपर्ने उनले धारणा राखे ।

उद्योग कालकारखाना प्रदेश सरकारको मातहतमा नभएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले नयाँ योजनासहित प्रदेश सरकारले डाक्टर र नर्स पढाइ खुलारुपमा गर्ने नीति निर्माण गर्न लागेको बताए ।

“सिटीइभिटीमा १३ हजार विद्यार्थी उत्तीर्ण भए पनि एक हजार तीन सयले मात्र पढ्न सिट पाएका छन्”, उनले भने, “प्रदेश सरकारले डाक्टर र नर्स पढाइ खुलारुपमा गर्ने योजना बनाइरहेको छ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै