• २०८१ जेठ ३ बिहीबार

इजरायल र लेवनानको सीमा क्षेत्रमा रहेका नेपाली सैनिक सुरक्षित

kharibot

फाइल तस्बीर

काठमाडौं । इजरायलमा प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासको आक्रमणमा शान्ति मिसनमा रहेका नेपाली सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ । 

नेपाली सेनाका प्रवक्ता कृष्णबहादुर भण्डारीले इजरायल र लेवनानको सीमा क्षेत्रमा रहेका नेपाली शान्ति सैनिक भएको स्थानमा अहिलेसम्म कुनै अप्रिय घटना नभएको बताए । शान्ति मिसनमा ८७५ जना नेपाली सेना तैनाथ रहेका छन् । 

यसैबीच हमासले इजरायलमाथि गरेको आक्रमणमा परेर कम्तिमा पनि ९ जना नेपाली घाइते भएका छन्। प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमाथि गरेको कारबाहीमा ९ नेपाली पनि घाइते भएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै