• २०८१ जेठ ३ बिहीबार

गाजा वरपरका सबै सीमा क्षेत्र हाम्रो नियन्त्रणमा आयो- इजरायली सेना

kharibot

काठमाडौँ । इजरायलले गाजापट्टीको वरपरका हमास समुहले नियन्त्रणमा लिएका सबै क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको जनाएको छ । इजरायली सेनाले अहिले इजरायल भित्र हमास समुहसँग कुनै लडाई नभएको र सविया क्षेत्र आफ्नो नियन्त्रणमा आएको जनाएको हो ।

इजरायली डिफेन्स फोर्सका प्रवक्ता रियर एडम ड्यानियल हगारीले हमासले गरेको अप्रत्याशित आक्रमणको ४८ घण्टापछि सबै क्षेत्र नियन्त्रणमा लिएको घोषणा गरेका हुन् । 

इजरायलले सन् १९४८ को स्वतन्त्रता संग्राम पछि नदेखेको जस्तो आक्रमणमा हमासले हजारौं रकेटसहितको अकस्मात आक्रमण र सीमा पार लडाकुहरू पठाएको ४८ घण्टाभन्दा बढी समयपछि इजरायलको यो घोषणा आएको हो ।

हमासको आक्रमणमा अहिलेसम्म ७०० भन्दा बढी इजरायलीको मृत्यु भएको छ भने थाइल्याण्डका १२ र १० नेपाली नागरिकसहित २४ विदेशी नागरिकको मृत्यु भएको मिडिया रिपोर्टमा बताइएको छ । त्यसैगरी इजरायलको आक्रमणमा अहिलेसम्म गाजापट्टीमा ४०० भन्दा बढीको मृत्यु भएको बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै