• २०८१ बैशाख २३ आइतबार

मन्त्री महासेठले सिन्डिकेटविरुद्ध कडा कदम चालेका महानिर्देशक भट्टराईलाई हटाए

kharibot

काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई सरुवा गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले मन्त्रीस्तरीय निर्णय गरेर महानिर्देशक भट्टराईलाई मन्त्रालय तान्ने निर्णय गरेका हुन् । 

महानिर्देशक भट्टराईले मन्त्रालय तानिएको पत्र पाएका छन् । भट्टराईले पछिल्लो पटक यातायात क्षेत्रको सिन्डिकेटविरुद्ध कडा कदम चाल्न निर्णायक भुमिका खेलेका थिए । 

मन्त्रालय स्रोतका अनुसार भट्टराई विभागीय मन्त्री महासेठ भन्दा गृहमन्त्री रामबहादुर थापासंग नजिक भएर काम गरेको कारण उनलाई मन्त्रालय तानिएको बताइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै