• २०८१ जेठ ८ मंगलबार

कोशीमा काँग्रेसलाई सशर्त समर्थन गर्न प्रचण्ड तयार !

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले कोशी प्रदेशमा काँग्रेसलाई सशर्त समर्थन गर्न तयार भएका छन् । 

शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री विश्वप्रकाश शर्मा, डा. मीनेन्द्र रिजालसहितका नेताहरुसँग बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले शेखर कोइरालालाई मनाएर कांग्रेसले एक उम्मेदवार तय गरेमा माओवादी पछाडी हट्ने बताएको बैठकमा सहभागी एक नेताले खरीबोटलाई जानकारी दिएका छन् ।

मौखिक कुराकानीमा प्रचण्डले लचकता देखाएपछि कांग्रेस नेताहरु पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकका लागि देउवा निवास पुगेका छन् ।

काँग्रेसको शेखर कोइराला पक्षका सांसद केदार कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेपछि कांग्रेस विभाजित भएको छ ।

कांग्रेससहित माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीले माओवादी संसदीय दल नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय गरेका थिए । तर यो निर्णय कोशीमा कोइरालानिकट सांसदहरूले अस्वीकार गर्दै एमालेलाई साथमा लिएर प्रतिवाद गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै