• २०८१ बैशाख १५ शनिबार

बक्स अफिसमा रणवीर कपुर र विक्की कौशल आमने सामने !

kharibot

काठमाडौँ । विक्की कौशल स्टारर फिल्म ‘साम बहादुर’ यतिबेला चर्चामा छ । फिल्ड मार्शल साम मानेकशाको जीवनमा आधारित यो फिल्म रणवीर कपूरको ‘एनिमल’ सँग भिड्दैछ । हालै फिल्मको टिजर रिलिज भएको छ, जसले फ्यानहरुको उत्साह झनै बढाएको छ ।

फिल्म ‘साम बहादुर’ मेघना गुलजारले निर्देशन गरेकी हुन् ।  विक्की कौशलका अलावा यस फिल्ममा फातिमा सना शेख र सान्या मल्होत्रा ​​पनि मुख्य भूमिकामा छन् । विक्की र मेघनाको यो दोस्रो सहकार्य हो, यसअघि दुवै फिल्म ‘राजी’का लागि सँगै आएका थिए । 

त्यसैगरि रणवीर कपुर अभिनित एनिमलको पनि उत्तिकै चर्चा रहेको छ ।  सन्दीप रेड्डी भांगाले निर्देशन गरेको यस फिल्ममा रणवीरका अलावा रश्मिका मन्दन्ना, बबी देओल, अनिल कपुर लगायतको प्रमुख अभिनय रहेको छ ।   

‘साम बहादुर’ र ‘एनिमल’ एकै दिन डिसेम्बर १, २०२३ मा हलमा रिलिज हुँदैछन् । यसपछि डिसेम्बरमा थप दुई भिडन्त हुन लागेको हो । पहिलो भिडन्त ‘क्रिसमस’ र ‘योद्ध’ बिच डिसेम्बर ८ मा हुनेछ । दोस्रो भिडन्त ‘डंकी’ र ‘सालार’ बीच हुनेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै