• २०८१ जेठ २ बुधबार

प्रधानमन्त्री प्रचण्डलाई कैलालीमा कालोझण्डा देखाइयो

kharibot

धनगढी । कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाइएको छ । सोमबार धनगढी पुगेका प्रधानमन्त्री प्रचण्डलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले कालो झण्डा देखाएको हो । 

प्रचण्डले लम्किचुहा नगरपालिकाको भवन शिलान्यास गरेर धनगढी फर्किने क्रममा मसुरियामा प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा देखाएको थियो । उनीहरुले एमसीसी सम्झौता गरेको भन्दै विरोध गरेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आजै धनगढीमा हुने समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै