• २०८१ बैशाख २४ सोमबार

ब्रसेल्समा हमलापछि बेल्जियम र स्विडेनबीचको युरोकप छनौटको खेल स्थगित

kharibot

काठमाडौँ । बेल्जियमको ब्रसेल्समा बन्दुकधारीको हमलापछि बेल्जियम र स्विडेनबीचको युरोकप छनौटको खेल स्थगित भएको छ । 

गएराती खेल जारी रहेको स्टेडियम भन्दा करिब चार किलोमिटर टाढा बन्दुकधारीले दुई स्विडिस जर्सी लगाएका व्यक्तिमाथि गोलि चलाएपछि युइएफएले खेल स्थगित गरेको थियो । घटनामा दुवैको मृत्यु भएको थियो । 

स्टेडियम नजिक भएको सो घटनापछि खेलाडीले दोस्रो हाफको खेल खेल्न अस्वीकार गरेको बताइएको छ । पहिलो हाफमा बेल्जियम र स्विडेनले १-१ गोल गरेका थिए । 

खेल जारी रहेका बेलामा भएको सो घटनापछि खेल हेर्न स्टेडियम पुगेका दर्शकलाई सुरक्षा कारणले धेरै बेरसम्म स्टेडियममै राखिएको थियो । 

युरोकप छनौटको समुह एफमा रहेको बेल्जियम भने २०२४ को युरोकपका लागि छनौट भइसकेको छ भने स्विडेन हाल ५ खेलमा ६ अंकसहित तेस्रो स्थानमा छ । यस समुहबाट अस्ट्रिया दोस्रो स्थानमा रहदै युरोकपका लागि छनौट भैसककेको छ भने स्विडेनको युरोकप छनौट भने मुश्किलमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै