• २०८१ बैशाख १५ शनिबार

एनआरएनएको निर्वाचनलाई मान्यता नदिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह

kharibot

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं विश्व सम्मेलनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणामप्रति अध्यक्षका प्रत्यासीद्वय महेश श्रेष्ठ र राजेन्द्रकुमार शर्माले असन्तुष्टि जनाएका छन् ।

दुवैले मत परिणाम स्वीकार नगर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर निर्वाचन रद्द गर्न र पुनः निर्वाचन गराउनका लागि निर्देशन दिन पनि उनीहरुले प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् । श्रेष्ठ र शर्माले प्रधानमन्त्रीलाई निर्वाचन परिणाम मान्यता नदिई पुन: निर्वाचन प्रक्रिया थाल्नका लागि परराष्ट्र मन्त्रालयलाई निर्देशन दिन पनि आग्रह गरेका छन् ।

एनआरएनए परराष्ट्र मन्त्रालयमा दर्ता भएकाले त्यहीँबाट निर्वाचन परिणाम मान्यता नदिन श्रेष्ठ र शर्मा आज बिहान प्रधानमन्त्री गुहार्दै बालुवाटार पुगेका थिए ।

मतगणनामा धाँधली भएको भन्दै परिणामप्रति विमति जनाएका श्रेष्ठ र शर्माले यसको कानुनी उपचार खोज्ने चेतावनी पनि दिएका छन् । उनीहरुले एनआरएन चुनावमा भेरोको नाउँमा अनलाइन सिस्टम कब्जा गरिएको छ र अध्यक्षका उम्मेदवारले पाएको मत मात्रै जोड्ने हो भने मतदाताको संख्याभन्दा बढी भएको दाबि गरेका छन् । दुवैले निर्वाचन परिणाम स्वीकार नगर्ने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै