• २०८१ बैशाख ३० आइतबार

त्रिकोणात्मक सिरिजमा आज हङकङ र युएईबीच भिडन्त

kharibot

काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी- २० सिरिज अन्तर्गत आज हङकङ र युएईबीच खेल हुदै छ । मुलपानी क्रिकेट मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि शुरु हुदै छ ।

फाइनलमा पुग्न यी दुई देशबीचको यो खेल निर्णायक गरेको छ । फाइनल अघिको यो खेल अन्तिम रहेकाले यो खेलको विजेताले फाइनल खेल्ने सम्भावना रहेको छ । यद्यपी युएईले यसअघि हङकङलाई पराजति गरेको हुनाले यस खेलमा हङकङ विजेता भएमा भने रनरेट निर्णायक हुन सक्ने छ ।

यस सिरिजमा युएईले नेपालसँगका दुवै खेलमा हार बेहोरेको थियो भने हङलाई पराजित गरेको थियो । त्यसैगरी हङकङले नेपालसँगका दुवै खेलमा हार बेहोरेको थियो भने युएईसँगको खेलमा समेत पराजित भएको थियो ।

त्यसैगरी नेपाल भने आफ्ना चारै खेलमा अपराजित रहदै फाइनलमा यसअघि नै पुगिसकेको छ । फाइनल खेल शुक्रबार टियु क्रिकेट मैदानमा हुने तालिका रहेको छ ।

युएई र हङकङबीच अहिलेसम्म ४ टी-२० खेल भएका छन् । जसमा युएईले ३ र हङकङ एक खेलमा विजयी भएको छ ।              

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै