• २०८१ बैशाख १५ शनिबार

हिमालयन बैंकको संचालक समितिमा विवाद, उच्च अदालतमा मुद्धा दायर

kharibot

काठमाडौँ । हिमालयन बैंकको विवाद फेरी अदालतमा पुगेको छ । बैंकको सर्वसाधारण शेयरधनीको अनुपात राष्ट्र बैंकको नियम अनुसार ३० प्रतिशत पुर्याएर मात्र साधारण सभा गर्न भन्दै उच्च अदालत पाटनमा मुद्धा परेको हो ।

हिमालयन बैंकको कुल शेयर पुँजीमा सर्वसाधारण शेयरधनीको अनुपात हाल २७ प्रतिशत मात्रै छ ।  बैंक तथा वित्तिय संस्था सम्वन्धि ऐन २०७३ को दफा ९(१) र ९(४) बमोजिम सर्वसाधारण शेयरधनीको कुल जारी पुँजीको कम्तीमा तीस प्रतिशत हुने गरी बैंकको पुँजी संरचनालाई व्यवस्थित गरेर मात्रै साधारण सभा गर्न र सर्वसाधारणबाट संचालक चयन गर्न भन्दै हालका संचालक मध्येका एक संचालकले मुद्धा दायर गरेका हुन् ।

मुद्धामा बैंकका केहि निहित स्वार्थ भएका संचालकहरुले सर्वसाधारण शेयरधनीका तर्फबाट बैंकको संचालक समितिमा प्रतिनिधित्वमा जालझेल गर्न खोजेको आरोप समेत लगाइएको छ । यसअघि पनि हिमालयन बैंकको संचालक विवाद पटक पटक अदालतमा पुगेको थियो ।

हिमालयन बैंकमा स्थापना कालदेखि नै नीजि क्षेत्रबाट ४ वटा समुह संस्थापक शेयरधनी मनोज बहादुर श्रेष्ठ, प्रेम प्रकाश खेतान, हिमालय शमशेर राणा र हविव बैंक अफ पाकिस्तानका प्रतिनिधि सलीम अम्लानी रहेका छन ।  यी ४ संस्थापक शेयरधनी बाहेक कर्मचारी सञ्चय कोष तथा सर्वसाधारण शेयरधनीहरू समेत रहेका छन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै