• २०८१ श्रावण १२ शनिबार

के सम्बन्ध टुट्दा पनि फाइदा हुन्छ ?

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । तपाईलाई लाग्न सक्छ यो कस्तो प्रश्न हो, सम्बन्ध टुट्दा कसैलाई राम्रो लाग्छ ? र तपाईले यसको फाइदाहरूको बारेमा सोच्न पनि सक्नुहुन्छ ? ‘द ब्रेक-अप मोनोलोग्स’ नामक पुस्तककी लेखिका रोजी विल्बीले सम्बन्ध टुट्नुका धेरै फाइदा हुने विश्वास राख्छिन् । रोजी विल्बीले पहिले उनको पोडकास्टलाई उही नाममा प्रस्तुत गरिन् । पछि त्यही नामको किताब लेखेकी छन् ।

यस पुस्तकमा उनले आफ्नो व्यक्तिगत जीवनको बारेमा कुरा गरेकी छन् । यसबाहेक पोडकास्टमा आएका पाहुनासँगको कुराकानीमा उनले मानवीय सम्बन्धका बारेमा जे बुझिन्, त्यसलाई आफ्नो पुस्तकमा स्थान दिएको बताएकी छन् । उनले यो पुस्तक लेख्नका लागि धेरै चिकित्सक, समाजशास्त्री र वैज्ञानिकहरूसँग कुरा पनि गरेको बताएकी छन् । 

रोजी विल्बीले बीबीसीसँग कुरा गर्दै कुनैपनि सम्बन्ध टुट्दा धेरै कुरा सिक्न सकिने बताएकी छन् । उनले भनिन्- ‘ब्रेकअपलाई कहिल्यै राम्रो मानिदैन तर यो तपाईको लागि राम्रो पनि हुनसक्छ ।' रोजी विल्बीका अनुसार, ब्रेक-अपले हामीलाई हाम्रो सम्बन्धमा कस्तो प्रकारको व्यक्ति हुनुपर्छ वा कस्तो मानिससँग सम्बन्ध राख्नुपर्छ भन्ने बारे पुनर्विचार गर्ने अवसर दिन्छ । र कहिलेकाहीँ यो पीडादायी भएपनि हामीले आफ्नो बारेमा सहि अर्थमा बुझ्ने अवसर पाउने उनले बताएकी छन् । 

कहिलेकाहीँ ब्रेकअपले तपाईंलाई आफ्नो कमजोरीहरूबारे सचेत गराउँछ । त्यसपछि तपाई आफैलाई सच्याउनुहुन्छ । यो तपाइँमा भर पर्छ कि तपाइँ ब्रेकअपलाई कसरी हेर्नुहुन्छ । यदि तपाईले अरुको गल्ती खोजिरहनुभयो भने, तपाईले आफैलाई सुधार्ने प्रयास गर्नुहुन्न ।

मनोवैज्ञानिकहरुले ब्रेकअप सबैका लागि गाह्रो हुने भएपनि यसलाई पार गर्ने सबैको अनुभव फरक हुने बताउछन् । जब तपाईको ब्रेकअप हुन्छ, तपाईले आफ्नो बारेमा सिक्ने र आफूलाई सुधार्ने मौका पनि पाउनु हुन्छ । हामीले यो सम्बन्धमा जे गल्ती गरेका छौं, त्यो पनि स्वीकार गर्नुपर्छ ।

रोजी विल्बीले ब्रेकअपलाई लागूपदार्थको लतसँग तुलना गर्छिन् । उनले सम्बन्ध टुटेपछि लागुऔषधको लत लागेका व्यक्तिलाई लागुऔषध सेवन गर्नबाट रोकिएजस्तो व्यवहार हुने बताउछिन् ।

धेरै पटक मस्तिष्क भित्र डोपामाइन रिवार्ड मार्ग सक्रिय हुन्छ । यस कारणले तपाइँको त्यो व्यक्तिलाई बारम्बार भेट्ने इच्छा बढ्छ । तर नपाए र सम्बन्ध टुट्यो भने हालत लागुऔषध नपाइने ड्रग्सको लतको जस्तै हुने मनोवैज्ञानिकहरु बताउछन् ।

रोजी विल्बी भन्छिन्- सम्बन्ध जोगाउन धेरै मेहनत गर्नुपर्छ । यो एक कठिन कार्य हो किनभने सम्बन्धहरूले तपाईंको जीवनमा धेरै उथलपुथल निम्त्याउँछ । तपाईंले अर्को व्यक्ति र उसको राम्रो र खराबसँग व्यवहार गर्नुपर्छ । ब्रेकअप पछि, अर्को सम्बन्धमा फर्कनु अघि समय निकाल्नु र आफ्नो बारेमा सोच्नु महत्त्वपूर्ण छ ।

धेरै पटक मानिसलाई लाग्छ एउटा सम्बन्ध टुट्यो भने छिट्टै अर्को सम्बन्ध बनाउनुपर्छ । यो गलत हो । हाम्रो सबैभन्दा महत्त्वपूर्ण सम्बन्ध आफैसँग हो । यसमा केही नियम, केही सन्तुलन, केही अनुशासन हुनुपर्छ । त्यसैले आफ्नो ऊर्जा कुनै न कुनै रचनात्मक सोख वा रुचिमा प्रयोग गरेमा यसको सकारात्मक असर पर्छ । आफूसँगको सम्बन्ध सुधार्ने प्रयास गर्नुपर्ने र कमजोरी बुझेर त्यसलाई हटाउने प्रयास गर्नुनै उत्तम विकल्प हुन्छ ।

जब हामी सम्बन्धको कुरा गर्छौं, त्यसमा दुईवटा कुरा धेरै महत्त्वपूर्ण हुन्छन् । एउटा स्वस्थ कनेक्सन र स्वस्थ दूरी । यदि यो सरल भाषामा भन्नुपर्दा, सम्बन्धलाई जोगाउन महत्त्वपूर्ण छ । मानिसहरूको लागि यो धेरै महत्त्वपूर्ण छ । एक-अर्कासँग जोडिनुहोस् तर एकै समयमा तिनीहरू बीच केही दूरी हुनुपर्छ किनभने प्रत्येक व्यक्ति केही व्यक्तिगत ठाउँ चाहन्छ ।
विषाक्त सम्बन्धमा रहँदा शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य बिग्रन थाल्छ भन्ने कुरा अहिले मानिसहरूले बुझ्न थालेको विज्ञहरू बताउँछन् । 

ब्रेकअप पछिको अवस्थामा तपाईंले विभिन्न व्यक्तिहरूलाई भेट्न सक्नुहुन्छ, स्वस्थ बानीहरू सुरु गर्न सक्नुहुन्छ, आफ्नो जीवनलाई नयाँ ढंगले बाँच्न सिक्न सक्नुहुन्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईंले आफ्नो महत्त्व आफै बुझ्न थाल्नुहुन्छ, त्यसैले ब्रेकअपको परिणाम सधै नकारात्मक हुदैन ।

(बिबिसीबाट भावानुवाद)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै