• २०८१ बैशाख २५ मंगलबार

भूकम्पबाट प्रभावितको उद्धार तथा पुनःस्थापनामा जुट्न राप्रपाद्वारा अपिल

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाको काममा जुट्न सबैलाई अपिल गरेको छ ।

सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले आज एक विज्ञप्ति प्रकाशित गर्नु भई जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाको काममा जुट्न आग्रह गरेका हुन् ।

“जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पका कारण ठूलो सङ्ख्यामा भएको मानवीय र भौतिक क्षतिप्रति राप्रपा दुःख प्रकट गर्दछ ।

विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार, राहत तथा पुनःस्थापनाको काममा जुट्न सरकार, स्थानीय तह, राजनीतिक दल एवं विभिन्न सङ्घसंस्थालाई राप्रपा अपिल गर्दछ ।

साथै, भूकम्प प्रभावित क्षेत्रमा गइ उद्धार कार्यमा संलग्न हुन राप्रपाका विभिन्न निकायलाई अनुरोध गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायत पश्चिम नेपालको विभिन्न स्थानमा ठूलो सङ्ख्यामा भएको मानवीय र भौतिक क्षतिप्रति राप्रपाले दुःखसमेत प्रकट गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै