• २०८१ बैशाख ३० आइतबार

भूकम्प प्रभावितलाई सहयोग गर्न महासङ्घको अपिल

kharibot

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले भूकम्प प्रभावितका लागि राहत सामग्री उपलब्ध गराउन सम्पूर्ण उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ ।

महासङ्घले प्रभावित जनतालाई आर्थिकलगायत लत्ताकपडा, खाद्यान्न, औषधि, पानीलगायत अत्यावश्यक सामग्री सहयोग गर्न सबै सदस्य सङ्घसंस्था, उद्योग प्रतिष्ठान, उद्यमी व्यवसायीमा अपिल गरेको हो ।

गएराति जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पका कारण त्यस क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति महासङ्घले दुःख व्यक्त गरेको छ । महासङ्घले भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

महासङ्घले सबै सदस्य उद्योग वाणिज्य सङ्घहरू, उद्यमी व्यवसायी र व्यावसायिक सङ्घसंस्थालाई उद्धार र राहतमा सहयोग गर्न आह्वान गरेको छ । भूकम्प प्रभावित जनताको सहयोगका लागि महासङ्घले आफ्नातर्फबाट पहल गरिसकेको छ भने राहत र उद्धार कार्यलाई तीव्रताका साथ अगाडि बढाउन सरकारसमक्ष अनुरोध गरेको छ । सहयोग गर्न चाहनेहरूका लागि महासङ्घको स्वास्थ्य तथा विपत् व्यवस्थापन समितिका सभापतिको नेतृत्वमा एक समितिसमेत गठन गरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै