• २०८१ जेठ ४ शुक्रबार

२२ महिला क्रिकेटरलाई बन्द प्रशिक्षणका लागि छानियो

kharibot

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा एक सातापछि हुने चार देश सम्मिलित महिला टी-२० सिरिजको लागि २२ सदस्य टोली प्रारम्भिक टिमको घोषणा गरेको छ । नोभेम्बर १५ देखी १९ सम्म हङहङमा हुने यस सिरिजमा नेपालसहित युएई, हङकङ र मलेसिया खेल्दै छन् ।

नेपालले २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । नेपालका दुई खेलाडी रुविना क्षेत्री र सीता रानामगरले त्यसअघि हङकङको घरेलु प्रतियोगिता वुमन्स अल स्टार्स टी-२० सिरिज पनि खेल्नेछन् । दुई टोलीबीच हुने उक्त सिरिज नोभेम्बर १० देखी सुरु हुनेछ ।

बन्द प्रशिक्षणका लागि बोलाइएको नेपाली महिला टिम: रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, संगिता राई, ज्योति पाण्डे, पुजा महतो, रोमा थापा, ईश्वरी विष्ट, सम्झना खड्का, रुवि पोदार, सबनम राई, अश्मिना कर्माचार्य, खुसी डंगोल, कृतिका मरासिनी, कन्चन श्रेष्ठ, सोनी पाख्रिन, सोमु विष्ट, अप्सरी बेगम, काजोल श्रेष्ठ, मनिषा चौधरी र कविता जोशी ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै