• २०८१ बैशाख २४ सोमबार

गोर्खा ब्रुअरीद्वारा भूकम्प पिडितको सहयोगार्थ राहत कोषमा एक करोड सहयोग

kharibot

काठमाडौँ । गोर्खा ब्रुअरी प्रालिले भूकम्प पीडितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ । सहयोग रकम गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले यस चुनौतीपूर्ण समयमा स्वस्फुर्त रुपमा गरि्एको सहयोगका लागि गोर्खा ब्रुअरीलाई धन्यवाद दिएका थिए ।

डीएमडी सिलवालले गोर्खा ब्रुअरीले देशलाई विपद्को घडीमा सहयोग गर्न पाएकोमा सन्तुष्टि रहेको बताए । उनले यसअघि पनि गोर्खा ब्रुअरीले देशमा आइपरेको प्राकृतिक विपत्तिहरुमा उल्लेख्य सहयोग गर्दै आएको, विशेष गरि कोभिड महामारी र २०७२ को महाभूकम्पपछि कर्पोरेटहरू मध्येबाट सबैभन्दा ठूलो सहयोग गरेको उल्लेख गरेका थिए । यस ब्रुअरीद्वारा उत्पादित नेपालको सबैभन्दा धेरै बिक्ने र लोकप्रिय कार्ल्सबर्ग, टुबोर्ग र गोर्खा बियर जस्ता ब्रान्डहरूद्वारा नेपालमा संगीत, खेलकुद लगायत अन्य विभिन्न क्षेत्रहरूको विकासमा सहयोग पुर्याउँदै आएको बताए ।

गोर्खा ब्रुअरी कार्ल्सबर्ग समूहको एक हिस्सा हो र यसको ब्रान्ड विश्वभर १४० भन्दा बढी बजारमा परिचित छन् । यसले देशमा आफ्नो महत्त्वपूर्ण आर्थिक र सामाजिक योगदानलाई सङ्केत गर्दै नेपालको शीर्ष पाँच उच्च कर तिर्ने कर्पोरेशनहरू मध्ये एक भएको गौरव प्राप्त गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै