• २०८१ बैशाख २२ शनिबार

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा पुरन्जन आचार्य

kharibot

इटहरी । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा पुरन्जन आचार्य नियुक्त भएका छन्। बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो।

उपाध्यक्ष नियुक्त भएसँगै मुख्यमन्त्री केदार कार्कीले आचार्यलाई नियुक्ति पत्र प्रदान गरेका छन्। विराटनगर निवासी आचार्यले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्।

नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेका उनी राजनीतिक विश्लेषक हुन्। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र पार्टीका सभापति हुँदा आचार्यले स्वकीय सचिवको जिम्मेवारी सम्हालिसकेका थिए।

पदभार ग्रहण गर्दै आचार्यले भौतिक पूर्वाधारको विकाससँगै मानव केन्द्रित विकासमा जोड दिने बताए। उनले प्रदेशका आदिवासी, जनजाति, पिछडिएका तथा निःसहाय वर्गको उत्थानमा आयोग केन्द्रित हुने जानकारी गराए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै