• २०८१ बैशाख १५ शनिबार

हिमालयन बैंकद्वारा भूकम्प पिडितको सहयोगार्थ २१ लाख बराबरको राहत सामाग्री हस्तान्तरण

kharibot

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमका भुकम्प पिडितहरुका लागि २१ लाख रुपैया बराबरको राहत सामाग्रीको खरिद गरि सहयोग प्रदान गरेको छ ।

गत शुक्रबार २०८० साल कार्तिक १७ गते राति ११: ४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भुकम्पले जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमलाई निकै  ठूलो जीउधनको क्षति पुर्याएको हुँदा यस विपद्को समयमा त्यस क्षेत्रका बासिन्दाहरुलाई केही सहयोग वा राहत होस् भन्ने मनसायले बैंकले अत्यावश्यक खाद्यान्न जस्तै दाल, चामल, नून र तेल खरिद गरी जिल्ला प्रसाशन कार्यालय जाजरकोट खलंगालाई कार्तिक २१ र जिल्ला प्रसाशन कार्यालय, मुसिकोट, रुकुम पश्चिमलाई कार्तिक २२ गते हस्तान्तरण गरेको हो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै