• २०८१ श्रावण १२ शनिबार

‘पशुपति प्रसाद’को तेस्रो सिक्वेल बन्ने

kharibot

काठमाडौँ । दशैंमा रिलिज गरिएको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को तेस्रो सिक्वेल घोषणा गरिएको छ । शुक्रबार काठमाडौंमा ‘पशुपति प्रसाद २’को सफलताको सेलिब्रेसन कार्यक्रममा ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरिएको हो ।

दीपेन्द्र के. खनालले निर्देशन गर्ने यस फिल्ममा खगेन्द्र लामिछानेको लेखन रहनेछ । टुकी आर्ट्सबाट रोजिना सिटौलाले फिल्मको निर्माण गर्नेछिन् । निर्देशक खनालले ‘पशुपति प्रसाद’मा शुरु गरेको कथालाई टुंग्याउनुपर्छ भन्ने लागेर तेस्रो फिल्म बनाउन लागेको बताए ।

दोस्रो सिक्वेल भष्मे डनको कथामा आधारित रहेको भए पनि तेस्रो सिक्वेलमा पशुपति प्रसाद पात्रको कथा आउने उनले प्रष्ट पारे । अर्थात् फिल्ममा खगेन्द्रको पात्रलाई पुर्नस्थापित गराइनेछ । ‘भष्मे डन’को क्लाइमेक्सले पनि त्यसको संकेत भने गरेको थियो । फिल्ममा पहिलो र दोस्रो श्रृंखलाका को-को कलाकार दोहोरिन्छन् भन्ने अहिले तय नभैसकेको निर्देशक खनालले बताएका छन् ।

फिल्मलाई आगामी वर्ष छायांकन गरेर त्यही वर्ष रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ । लेखक लामिछानेले तेस्रो सिक्वेललाई तर्कसंगत, न्यायोचित र सुन्दर बनाउन प्रयास गर्ने बताएका छन् । निर्माण टिमले कलाकारबारे आधिकारिक घोषणा नगरेको भए पनि खगेन्द्र पात्रको पुर्नउदयसँगै विपिन कार्की, वर्षा सिवाकोटी र स्वस्तिमा खड्काको पनि प्रमुख भूमिका रहने निश्चित देखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै