• २०८१ बैशाख १५ शनिबार

आगामी १० गतेदेखि तीन दिने शैक्षिक मेला भृकुटीमण्डपमा 

kharibot

काठमाडौं । उत्कृष्ट शिक्षा नेपालमै भन्ने नारासहित तीन दिने शैक्षिक मेला राजधानी काठमाडौंमा हुने भएको छ । आगामी १० गतेदेखि १३ गतेसम्म बृहत् शैक्षिक मेला हुनलागेको हिसानले जनाएको छ । 

नेपालमै सञ्चालित गुणस्तरीय र उत्कृष्ट शिक्षा दिने शिक्षालयहरूका वारेमा उचित जानकारी एवं परामर्श नहँुदा, कुन विषय किन पढ्ने, विषयको छनौट कसरी गर्ने भन्ने कुरा थाहा नपाउनुका साथै कतिपय विद्यार्थी तथा अभिभावकहरूको विदेश मोहका कारणले शिक्षा प्राप्तिकै लागि ठूलो धनराशी विदेशिएको वर्तमान समयमा यस्ता समस्याबाट मुक्त हुन र ठूलो धनराशि विदेश जानबाट जोगाउन तथा विद्यार्थी, अभिभावक र शिक्षा क्षेत्रसँग सम्बन्धित ब्यक्तिहरूले एकै छानामुनि गुणस्तरीय शिक्षाका वारेमा विस्तृत जानकारी प्राप्त हुने हँुदा यो मेला उपयोगी हुने हाम्रो विश्वास छ, आयोजक कान्तिपुर हिसान एडुफेयरका संयोजक लोकबहादुर भण्डारीले भने ।

मेलामा नेपालका शिक्षालयहरूले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका वारेमा सत्य, तथ्य र यथार्थ जानकारी गराउने र विद्यार्थी तथा अभिभावकहरूलाई नेपालमै पनि उत्कृष्ट शिक्षा पाइन्छ भन्ने विषयमा विविध परामर्श दिने उद्देश्य राखिएको उनले बताए । विगत ५ वर्षदेखि शैक्षिक मेला आयोजना हुँदै आएको छ । 

माध्यमिक विद्यालय तथा विश्वविद्यालय स्तरको उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरूलाई लक्षित गरि संचालित यस शैक्षिक मेलामा विद्यालय शिक्षादेखि विभिन्न विश्वविद्यालयबाट सम्वन्धन लिई विभिन्न कार्यक्रम संचालन गरेका शैक्षिक सस्थाहरू तथा प्राविधिक एवं उच्च प्राविधिक कार्यक्रम संचालन गर्ने संस्थाहरूका साथै त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुदुरपश्चिमाञ्चल विश्वविद्यालय, प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम केन्द्र (सि.टि.ई.भि.टि) को सम्वन्धनमा संचालित १५० बढि शैक्षिक संस्थाको सहभागिता रहने आयोजकको भनाइ छ । 

यस शैक्षिक मेलामा २ लाख विद्यार्थी, अभिभावक तथा शिक्षासँग सरोकार राख्नेहरूले अवलोकन गर्ने लक्ष्य राखिएको छ । मेलामा विभिन्न संस्थाहरूका प्रस्तुतिका साथै विज्ञहरूको सहभागीतामा संघियतामा शिक्षा लगायत विविध शैक्षिक जानकारीमूलक तथा विषयगत सेमिनारहरू समेत आयोजना गरिएको छ । शैक्षिक मेलाको जेठ १० गते बिहीबार बिहान ११ बजे प्रधानमन्त्री के.पी शर्मा ओलीले उद्घाटन गर्नेछन् । 

कान्तिपुर हिसान एडुफेयर–२०१८ को मुख्य प्रायोजकहरूमा गोल्डेनगेट ईन्टरनेशनल कलेज, ग्लोवल कलेज अफ मेनेजमेन्ट, युनीग्लोव कलेज, काठमाडौं वल्ड स्कूल रहेका छन् भने प्रायोजकहरूमा जेभियर ईन्टरनेशनल कलेज, हिमालयन ह्वाईटहाउस ईन्टरनेशनल कलेज, क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर, भि.एस्. निकेतन कलेज, ट्रिटोन ईन्टरनेशनल कलेज, लिटिल एञ्जेल्स कलेज, ट्रिनिटी ईन्टरनेशनल कलेज, प्रिमियर कलेज, काठमाडौ मोडेल एजुकेशन नेटवर्क, नेपाल मेगा कलेज, नियोस्फियर आइटि ईन्ष्टिच्युट तथा ई सेवा रहेका छन् भने सहयोगी संस्थाको रुपमा हेराल्ड कलेज काठमाडौ रहेको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै