• २०८१ बैशाख १५ शनिबार

राष्ट्रपति पौडेलद्वारा गौरीघाट र कमलपोखरी पुगेर पूजा आराधना

kharibot

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट र कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर पूजा आराधना गरेका छन् ।

राष्ट्रपति पौडेलले सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेका थिए । त्‍यसपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर पूजा आराधना गरे ।

सो अवसरमा राष्ट्रपति पौडेलसंगै प्रथम महिला सविता पौडेलले पनि अस्ताउँदो सूर्यलाई अर्घदान गरेकी थिइन् ।

राष्ट्रपति पौडेल गुह्वेश्वरीमा पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति विकास कोषका पदाधिकारी ,आशामान संगत,छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

यस्तै कमलपोखरीको पूजास्थलमा प्रतिनिधिसभा सदस्य एंव पूर्वमन्त्री गगनकुमार थापा, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, महानगरका वडाअध्यक्षहरु, छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै