• २०८१ श्रावण १२ शनिबार

दुर्गा प्रसाईको मङ्सिर ७ को प्रदर्शनलाई राप्रपाले समर्थन गर्नुपर्छ- डा. लोहोनी

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. प्रकाश चन्द्र लोहोनीले मङ्सिर ७ गते दुर्गा प्रासाईको आव्हानमा हुन लागेको प्रदर्शनलाई राप्रपाले समर्थन गर्नुपर्ने बताएका छन्  ।

नेता लोहोनीले आफ्नो धारणा सार्बजनिक गर्दै राप्रपाको राजनीतिक दस्ताबेजका मूल तत्व अनुसार मङ्सिर ७ को प्रदर्शनमा राप्रपाको नैतिक सहयोग र समर्थन हुनुपर्ने बताएका हुन्  ।

दुर्गा प्रसाईले मङ्सिर ७ गते काठमाडौँको माइतीघरमा राजतन्त्रको समर्थनमा प्रदर्शनको आव्हान गरेका छन् । साथै मङ्सिर ७ गते नै नेकपा एमालेको युवा संघले पनि प्रदर्शन गर्ने बताएको छ  । 

लोहोनीले राप्रपा एकता महाधिबेसनबाट पारित मार्ग निर्देसन र एजेन्डा अनुकुल अगाडी बढ्न कसैले पनि गर्ने  जन अभियान/जन प्रदर्सन/ संघर्षमा राप्रपा का कार्यकर्ताहरुको सहानुभूति र समर्थन हुनु स्वबाभिक हुन आउने उल्लेख गर्दै मङ्सिर ७ मा हुने भनिएको जना प्रदर्शन र जन संघर्षमा राप्रपाको नैतिक सहयोग र समर्थन रहनुपर्छ र यसमा कुनै कमजोरी देखाउनु हुदैन भन्ने आफ्नो स्पस्ट धारणा रहेको बताएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै