• २०८१ बैशाख ३० आइतबार

अमेरिकी नौ सेनाको बिमान रनवे ओभरशुट गरेपछि समुन्द्रमा !

kharibot

वासिंगटन डिसी । अमेरिकी नौसेनाको एउटा ठूलो विमान मरीन कोर्प्स बेस हवाईमा रनवे ओभरशुट गरेपछि कानोहे खाडीमा दुर्घटनाग्रस्त भएको छ ।

विमानमा नौ जना सवार रहेको र सबैजना सकुशल किनारमा पुगे पनि विमान भने समुन्द्रमा डुबेको छ ।

घाइते सबैलाई सामान्य चोट लागेको र उनीहरु आफै पौडी खेलेर किनारमा पुगेको बताइएको छ । यूएस मरीन कोर्प्सका प्रवक्ता गनरी सार्जेन्ट ओर्लान्डो पेरेजले यो सैन्य निगरानीको लागि प्रयोग गरिएको बोइङ पी८ पोसाइडन टोही विमान भएको बताएका छन् ।

पी-८ पोसाइडन प्रायः पनडुब्बीहरू निगरानी र आक्रमण गर्न प्रयोग गरिन्छ। यस बाहेक यो टोही र गुप्तचर जानकारी सङ्कलनमा पनि प्रयोग गरिन्छ। यो विमान बोइङले निर्माण गरेको हो ।

पी-८ पोसाइडन विमानका धेरै भेरियन्टहरू छन्, प्रत्येक भेरियन्ट बोइङ डिफेन्स, स्पेस र सेक्युरिटीले विकास गरेको हो। पी८ पोसाइडन विमानको औसत मूल्य १५० मिलियन डलर छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै