काठमाडौं । आज काठमाडौँमा मेडिकल ब्यावसायी दुर्गा प्रसाई र एमाले निकट राष्ट्रिय युवा संघले छुट्टा छुट्टै प्रदर्शन गर्दै छन् ।
दुर्गा प्रसाई समुहले काठमाडौँको बल्खुमा प्रदर्शन गर्दै छ । बल्खुमा हुने सो प्रदर्शनका लागि ७ वटा रूट तय गरिएको छ। जसअनुसार पेप्सीकोला, सातदोबाटो, कलंकी, कालिमाटी, गल्कोपाखालगायतका स्थानबात र्याली बल्खु पुग्ने जनाइएको छ ।
त्यसैगरी युवा संघको प्रदर्शन भने काठमाडौँको तिनकुनेमा हुदै छ ।
दुवै समुहको प्रदर्शनले आज काठमाडौँ अघोषित बन्द जस्तै देखिएको छ । सडकमा सवारी साधनको चाप कम देखिएको छ भने प्रदर्शनलाई ध्यानमा राख्दै धेरै जसो विद्यालय बन्द गरिएको छ । प्रदर्शनका कारण यातायात प्रभावित हुने भएपछि विद्यालय पुग्ने र फर्किने सवारी साधन प्रभावित हुने भएपछि धेरै जसो विद्यालय बन्द गरिएको छ ।
त्यस्तै महानगरीय ट्राफिक महाशाखाले बुधबार नै अत्यावश्यक बाहेक सवारी साधन लिएर बाहिर नजान अपिल गरेको थियो ।
अहिले काठमाडौँका अधिकांश चोकमा प्रहरीको उपस्थिति देखिएको छ भने प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।