• २०८१ बैशाख २५ मंगलबार

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट फिर्ता

kharibot

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको छ ।

गत शुक्रबार प्रसाईंलाई घरमै नजरबन्द राखेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको हो । 

राजतन्त्र पुनर्स्थापनासहितको माग राखेर आन्दोलनमा होमिएका प्रसाईंलाई गत शुक्रबार प्रहरीले घर बाहिर निस्कन नदिएर नजरबन्दमा राखेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमाम बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए । 

तर, आइतबार न्यायाधीश कुमार चुडालको इजलासमा बहसका क्रममा प्रसाईं खुला रुपमा भाषण गरिरहेको प्रसङ्ग उठेपछि वरिष्ठ अधिवक्ता भण्डारीले रिट फिर्ता लिएका हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै