• २०८१ जेठ ८ मंगलबार

संसदीय समितिबाट क्यानडाका लागि राजदूतमा प्रस्तावित पौड्यालको नाम अनुमोदन

kharibot

काठमाडौं । क्यानडाका लागि नेपाली राजदूतमा प्रस्तावित भरतराज पौड्यालको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । 

संघीय संसद संसदीय सुनुवाइ समितिले आइतबारको बैठकमा सरकारद्वारा क्यानडाका लागि नेपाली राजदूतमा प्रस्तावित पौडेलको नाम अनुमोदन गरेको हो । 

यसअघि कात्तिक १५ गते समितिले पौड्यालउपर उजुरी आह्वान गरेको थियो । समितिका ज्येष्ठ सदस्य सभापति पशुपति शमशेर जबराले क्यानडाका लागि प्रस्तावित राजदूत पौडेलको नाम समितिबाट सर्वसम्मत अनुमोदन भएको बताए । उनले पौड्यालविरुद्ध दुईवटा उजुरी परेको जानकारी दिए ।  

सभापति जबराले क्युबा, डोमिनिकन रिपब्लिक, जमैका र हाइटीका लागि गैरआवासीय राजदूत र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) को पनि स्थायी प्रतिनिधिको रूपमा नियुक्ति गर्ने निर्णयको अनुमोदन गरेको बताए ।

संसदीय समितिले अनुमोदन गरेपछि अब राजदूत नियुक्तिको प्रक्रिया अघि बढ्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै