• २०८१ बैशाख १५ शनिबार

टी-२० विश्वकप छनौटमा जिम्बाबेको दोस्रो हार

kharibot

काठमाडौँ । आइसीसी टी-२० विश्वकप छनौट अन्तर्गत अफ्रिका छनौटमा जिम्बाबेले दोस्रो हार बेहोरेको छ ।

आइतबार सम्पन्न खेलमा युगान्डाले जिम्बाबेलाई ५ विकेटले पराजित गरेको हो । जिम्बाबेले दिएको १३७ रनको लक्ष्य पछाएको युगान्डाले १९.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि जिम्बाबेले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १३६ रन बनाएको थियो ।

अफ्रिका छनौट अन्तर्गत जिम्बाबेको यो दोस्रो हार हो । यसअघि जिम्बाबे नामिबियासँग ७ विकेटले पराजित भएको थियो । 

यो हारपछि जिम्बाबेको टी-२० विश्वकप छनौट संकटमा परेको छ । जिम्बाबेले ३ खेलमा एक खेल जितेको छ र दुई खेलमा हार बेहोरेको छ ।

त्यस्तै युगान्डाले आफ्नो तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ । अहिलेसम्म नामिबिया र केन्याले आफ्ना शुरुका ३-३ खेल जितेर पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

अफ्रीका छनौटबाट २ देश विश्वकपमा छनौट हुने छन् । जसमा ७ देशले प्रतिष्पर्धा गर्दै छन् । अफ्रिका छनौटमा नामिबिया र जिम्बाबेसहित युगान्डा, केन्या, नाइजेरिया, रुवाण्डा र तान्जानिया सहभागी रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै