• २०८१ बैशाख १५ शनिबार

सिन्धुपाल्चोक र भक्तपुर केन्द्रविन्दु भएर भूकम्प

kharibot

काठमाडौं । मंगलबार राति सिन्धुपाल्चोक र भक्तपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ ।

मंगलबार राति ८:५० बजे भक्तपुरको पलाँसे केन्द्रविन्दु भएर ३.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

त्यस्तै यसअघि आजै सिन्धुपाल्चोकमा ८ बजेर ४५ मिनेटमा ३.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यी दुवै भूकम्प २०७२ को गोरखा भूकम्पका परकम्प भएको केन्द्रले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै