• २०८१ बैशाख ३१ सोमबार

स्वर्णिम वाग्ले बने रास्वपाको उपसभापति

kharibot

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति नियुक्त गरेको छ ।

महोत्तरीमा बसेको केन्द्रीय समितिको बैठकले वाग्लेलाई उपसभापति नियुक्त गरेको हो ।

रवि लामिछाने सभापति रहेको रास्वपामा डीपी अर्याल उपसभापति रहेका थिए । विधानअनुसार थप एक जना उपसभापति चयन गरिएको हो ।

त्यस्तै सहमहामन्त्रीमा कबिन्द्र बर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्यलाई नियुक्त गरिएको छ । पार्टीको महामन्त्रीमा भने यसअघि नै डा. मुकुल ढकाल रहेका छन् ।

त्यस्तै संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई नियुक्त गरिएको छ भने संसदील दलको नेतामा सभापति लामिछाने र प्रमुख सचेतक सन्तोष परियार रहेका छन्।

त्यस्तै कोषाध्यक्षमा लिमा अधिकारी, सहकोषाध्यक्षमा बसु माया तामाङ, दीपक बोहोरालाई नियुक्त गरिएको छ । त्यस्तै सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईंलाई नियुक्त गरिएको रास्वपाले जनाएको छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ भने त्यसबाहेक अनिल केशरी शाह, राजन गौतम (चितवन, डा. नन्दन यादव (महोत्तरी), पुकार बम र कामिनी चौधरीलाई अनि केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै