काठमाण्डौँ । काठमाण्डौँ महानगरको ३२ वडा मध्यमा मझौला वडाको रुपमा वडा नम्बर ८ पर्छ । जय बागेश्वरी, बनकाली, पिङ्गलास्थान, ताम्रेश्वर, तीलगंगा, भुबनेश्वरी, गौरीघाट, गुहेश्वरी, पञ्चकन्याटोल, डठुटोल लगायतका ठाउँहरु काठमाण्डौँ महानगरकापालिका वडा नम्बर ८ भित्र पर्दछन् ।
स्थानीय तहको निर्वाचनपछि काठमाण्डौँ महानगरको पहिलो बोर्ड बैठकले महानर भित्रका विकास निर्माणको कामलाई निरन्तरता दिन काठमाण्डौँ महानगरका ३२ वटा वडालाई ठूलो, मझ्यौला र सानो गरेर तीन क्याटागोरीमा बिभाजन गरेको थियो , जस मध्य कामपा वडा नम्बर ८ मझ्यौला वडामा परेको थियो ।
जहाँ ठूलो वडालाई वार्षिक २ करोड २५ लाख, मझौलालाई एक करोड २५ लाख, र सानो वडालाई एक करोड ५ लाख दिने निर्णय गरेको थियो ।
महानगरको यसै वडाको निर्णय अनुसार कामपा ८ वडालाई मझौला वडाको रुपमा चौमासिक दुई किस्ता गरेर ५०-५० लाख गरेर एक करोड रुपैँया खर्च भईसकेको छ । यस वडामा १० हजार जसंख्या भएको यस वडामा ५५ सय मतदाताहरु रहेका छन् ।
काठमाण्डौँ महानगरपालीका वडा नम्बर ८ का सबै वडा प्रतिनिधिहरु नेपाली कांग्रेसबाट बिजयी भएका थिए । यस वडामा प्रदेश नम्बर ३ का प्रदेश सांसद नरोत्तम बैद्य पनि बस्दै आएका छन् ।
काठमाण्डौँ महानगरपालीका वडा नम्बर ८ मा दिनेश कुमार डंगोल वडा अध्यक्ष छन् । अन्य वडामा जस्तै यस वडामा पनि सरसफाई, ढल, सार्वजनिक शौचालय, सडक जस्ता समस्याहरु रहेका छन् ।
खरीबोटसँग कुरा गर्दे वडा अध्यक्ष डंगोलले वडामा भएका समस्याहरु समाधान गर्न स्थानीयको माग , चाहाना र आबश्यकताको आधारमा काम गर्दे आएको बताए । उनले भने वडामा भएका समस्याहरु समाधान गर्न स्थानीयको माग अनुसार काम गदैँ आएका जनाकारी दिए । ”
काठमाण्डौँ महानगरपालीका वडा नम्बर ८ मा बाटो, ढल र खानेपानी प्रमुख समस्याको रुपमा रहेका छन् । यस मध्ये एक वर्षको अवधिमा धेरै ठाउँमा विकास निर्माणको काम सम्पन्न भएको वडा अध्यक्ष डंगोलले बताए ।
अध्यक्ष डंगोलका अनुसार एक वर्षको अवधिमा यस वडामा अत्याबश्यक ठाउँ धेरै कामहरु सम्पन्न भएका छन् ।
जस मध्ये ईन्द्रश्वर महादेव परिसरको बाटो , गौरीघाट बाट खरीबोट जाने बाटो, नवालीटोल गल्ली, सारदा गलली, हरेराम मार्ग, तिलगंगा मार्ग, भुवनेश्वर मन्दिर जानेबाटो लगाएतका ठाउँमा ब्लक छाप्ने काम सम्पन्न भएको छ । यो बाहेक वडा नम्बर ८ मा ढल तथा मंगल सफागर्ने, चौतारा निर्माण गर्ने, पार्क निर्माण गर्ने, मन्दिर मर्मत गर्ने, सार्वजनीक शौचालय निर्माण गर्ने, सडक बक्ति मर्मत तथा जडान सम्मका धेरै कामहरु यस वडामा सम्पन्न भएका छन् ।
मझौला वडाको रुपमा रहेको वडा नम्बर ८ मा धेरै विकास निर्माण काम सम्पन्न भएका छन् । आफ्नो वडाको विकासको लागि आफ्नो वडाले पाउने रकम अनुसार २०७५-७६ को लागि १७ वटा योजना बनाएको र सोहि अनुरुप काम सुरु गर्ने अध्यक्ष डंगोलले बताए ।
जस अन्तर्गत भौतीक पूर्वाधारका कार्य अन्र्तगत ताम्रेश्वर मन्दिरको भजन मंडलमा सार्वजनीक सौचालय निर्माण गर्ने, नवानी टोलमा ढल तथा ढुङ्गा छाप्ने कार्य, मृत्युञ्जय महादेव मन्दिर पून निर्माण र वरपर ढुङ्गा छाप्ने कार्य र ढल निर्माण गर्ने, ईन्द्रश्वर महादेव मन्दिर जिर्णेद्धार गर्ने, जयवागेश्वरी , निर्मार्णेश्वरी महादेव मन्दिरमा ढुङ्गा छाप्ने, व्रह्मा मन्दिरको पुन निर्माण गर्ने, नरसिंह मन्दिर पुन निर्माण र वरपर ढुङ्गा छाप्ने कार्य गर्ने, ईटा टोलमा रहेको सार्वजनीक जग्गामा वृद्धहरुलाई विश्राम स्थल निर्माण गर्ने, भुबनेश्वरी मन्दिरको पानीट्याङकी पुरातत्व शैलीमा निर्माण गर्ने, तिलगंगामा रहेको वडा अन्तर्गत रहेको भवन पुन निर्माण कार्य गर्ने, तिलगंगाको दुई स्थानमा ढुङ्गा छाप्ने कार्य गर्ने, तिलगंगामा नित्यनाथ मन्दिर पुन निर्माण गर्ने, वडा भवन निर्माण गर्ने, सरकारी धारो ओरालोमा वडा नम्बर ६ र ८ मिली कालोपत्रे र ढलान गर्ने, गुहेश्वरी पारी रहेको सार्वजीनक जग्गामा पार्क निर्माण गर्ने, गुहेश्वरी मन्दिर अगाडीको फलामे पुल मर्मत गर्ने लगाएका योजनाहरु लिएर अगाडी बढेको अध्यक्ष डंगोलले बताए ।
त्यस्तै महिला शसक्तिकरण र आर्थिक विकासको लागि वडाबाट बिभिन्न समुहरुलाई जुक्ता बनाउने तालीम सम्पन्न भएको छ र ब्युटीपार्लरको तालिम दिने तयारी समेत रहेको उनले बताए । महिला सशक्तिकरणको लागि आफु सधै लागि पर्ने उनले बताए ।
पशुपति क्षेत्र पनि वडा नम्बर ८ मा नै पर्ने भएकाले मुख्य श्रेत्रमा विकास कोषले नै हेर्ने भएकाले पशुपतिले महानगरको अधिकार लिएको जस्तो लाग्छ उनलाई । त्यसैले पशुपती श्रेत्र विकास कोषको कारणले कामगर्न असहज भएको उनले बताए । त्यस्तै जनप्रतिनीधि आईसकेपछि नै पशुपती क्षेत्र विकास कोषले मठ मन्दिर संरक्षण गर्नुपर्ने ठाउँमा उल्टै ४ शिवालय भत्काएको क्रियापुत्रि बस्ने ठाउँ बनाउन लागेकोमा असन्तुष्टि ब्यक्त गदैँ मान्छे जन्मिदा र अस्पताल र मृत्यु हुदाँ समेत आर्यघाटमा पैसा तिर्नुपर्ने बतादै स्थानीय क्षेत्रलाई पशुपति क्षेत्रको अधिकार प्राप्त गर्ने अधिकार महानगरले पाएको खण्डमा महानगरको विकासमा अन्तबाट बजेट खोज्नु नपर्ने जस्तो लाग्छ उनलाई । ब्यवस्थित बनाए पशुपति श्रेत्रबाट नै संकलन भएको पैसाबाट काठमाण्डौँ हरावरा बनाउन सक्ने उनले बताए ।
त्यसैले त उनी पशुपती श्रेत्र विकास कोष वडाको मातहतमा आउनु पउनुपर्छ भन्ने चाहाना उनको हो । यदि उनले सोचे जस्तै पशुपती क्षेत्र विकास कोष महानगरकाके माताहनतमा आए मन्दिरको वातावरण नै पुरै परिवर्तनर ब्यवस्थित गर्ने लक्ष्य उनको छ । त्यसैले उनलाई लाग्छ वडाको अधिकार विकास कोषले प्रयोग गरेको छ ।