चितवनबाट नेपाल कम्युनिष्ट पार्टीको अध्यक्षसहित १७ जनाको प्रतिनिधित्व

खरीबोट

फाइल तस्विर । 

ad

चितवन / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्षसहित चितवनका १७ जनाले केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने अवसर पाएका छन् । 

देशको मध्यभागमा रहेर पनि राजधानीसहित अन्य अवसरबाट वञ्चित जिल्लाबाट सत्तासिन दलमा केन्द्रीय अध्यक्ष र १६ जना सदस्यले प्रतिनिधित्व गर्न पाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

तत्कालीन नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज ईश्वरी भट्टराईका अनुसार केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल र नेता रामबहादुर थापा नौ सदस्यीय सचिवालयमा परेका छन  । त्यसैगरी तत्कालीन माओवादी केन्द्रबाट ११ जना र तत्कालीन नेकपा (एमाले)बाट छजनाले केन्द्रमा प्रतिनिधित्व गर्ने अवसर पाएको उनले बताए । 

तत्कालीनको माओवादी केन्द्रबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा, अमिक शेरचन, नारायण दाहाल, डिआर पौडेल, सूर्य सुवेदी, सन्तु दराई, ईश्वरी भट्टराई, रेणु दाहाल, गंगा बेल्बासे र ज्ञानु बस्नेत केन्द्रीय सदस्य बनेको भट्टराईले बताए । 

त्यस्तै तत्कालीन एमालेबाट पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारी, देवी ज्ञवाली, सीता पौडेल, केशवलाल श्रेष्ठ र कृष्ण खनाल केन्द्रीय सदस्य बनेका छन  । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । 

सम्बन्धित समाचार

ओझेलमा चितवनको इच्छाकामना मन्दिर

चितवन । पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेर पनि उचित प्रचारप्रसारको अभावमा इच्छाकामना गाउँपालिका ओझेलमा परेको छ । जिल्लाको एकमात्रै गाउँपालिकामा सफारी पर्यटकको विकल्पका रुपमा प्रशस्त पर्यटकीयस्थल छन् । यस गाउँपालिकामा जिल्लाको

मिष्टर नेपालको उपाधि चितवनका विकल्पले जिते 

काठमाडौं । चितवन रामघाट २५ बर्षिय विकल्प राज श्रेष्ठ ‘मिस्टर नेपाल वल्र्ड २०१८’ घोषित भएका छन् । बिबिएस फोर्थ इयरमा अध्ययनरत श्रेष्ठले १६ प्रतिस्पर्धिलाई पछि पार्दै उपाधि चुमेका हुन् । ‘बलात्कारीका

 चितवनमा गएराती ट्रकको ठक्करबाट दुईको मृत्यु

चितवन। गए राति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।  भरतपुर महानगरपालिका–११ बाइपासरोडमा ना६ख १८४८ नं को ट्रकले ठक्कर दिँदा दुई पुरुषको मृत्यु भएको हो । वीरगञ्जबाट इँटा बोकेर काठमाडौँतर्फ

मूल्य घटाएको भन्दै चितवनका दुग्ध किसानद्वारा दूध पोखेर विरोध

रत्ननगर, चितवन । चितवनका दुग्ध किसानले दूधको मूल्य घटाएको भन्दै आन्दोलन जारी राखेका छन् ।  दुग्ध विकास संस्थान र निजी डेरीले दूधको मूल्य घटाएको आरोप लगाउँदै किसानले आइतबार खैरहनी नगरपालिका–१ ज्यामिरे


z