• २०८१ बैशाख १५ शनिबार

साढे २ सय करोड क्लबमा रणवीरको एनिमल

kharibot

काठमाडौँ । रणवीर कपुर अभिनित बलिवुड फिल्म एनिमलले घरेलु बक्स अफिसमा आक्रामक शुरुवात गरेको छ । गत शुक्रबार रिलिज भएको एनिमलले भारतीय बक्स अफिसमा रिलिजको पाँच दिनमा साढे २ करोडको आँकडा पार गरेको हो ।

फिल्मले मंगलबार भारतीय बक्स अफिसमा ३४.०२ करोड कमाई गरेसँगै कुल २५०.६६ करोड भारु कमाई गरेको छ । त्यस्तै हिन्दी भाषा बाहेक एनिमलले अहिलेसम्म थप ३३.३९ करोड कमाई गरेको छ । र भारतमा कुल २८४.०५ करोड कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।

बलिवुड फिल्मको इतिहासमा एनिमल सबैभन्दा दोस्रो छिटो साढे २ सय करोड कमाई गर्ने फिल्म बनेको छ । फिल्मले पाँच दिनमा यो आँकडा पार गरेको हो । यसअघि शाहरुखको जवानले यो आँकडा ४ दिनमा पार गरको थियो भने शाहरुखकै पठानले पाँच दिनमा यो आँकडा पार गरेको थियो ।

त्यस्तै सन्नी देओलको गदर- २ ले ६ दिनमा साढे २ करोडको कमाई गरेको थियो ।

एनिमल’ सन्दीप रेड्डी वांगाको निर्देशनमा बनेको हो । कबीर सिंह र अर्जुन रेड्डी फेम सन्दीप रेड्डी वांगा निर्देशित ‘एनिमल’ मा रणबीर कपूर बाहेक बबी देओल, रश्मिका मन्डन्ना, अनिल कपूर, तृप्ति डिमरी, शक्ति कपूर र सुरेश ओबेरोय लगायत धेरै कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। 

चलचित्रको संगीत पनि निकै रुचाइएको छ । यो फिल्म हिन्दीसहित तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा हलमा रिलिज भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय