• २०८१ बैशाख ३१ सोमबार

एनसेल सिईओलाई अर्थ समितिको छलफलमा बोलाउन डा. स्वर्णिम वाग्लेको माग

kharibot

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले, एनसेलका प्रमुख कार्यकारी अधिकृतलाई नै अर्थ समितिमा छलफलका लागि बोलाउन माग गरेका छन् । 

बुधबारको संसदको अर्थ समिति बैठकमा डाक्टर वाग्लेले, एनसेल बिक्रीले, आर्थिक कुशासन र लगानी विकर्षणबारे नीतिगत समिक्षा आवश्यक भएको भन्दै छलफलका लागि बोलाउन माग गरे । 

उनले भने ‘एनसेलको बिक्रीले, उजागर गरेका आर्थिक कुशासन र लगानी विकर्षणबारे एउटा वृहद नीतिगत समिक्षा अब आवश्यक भएको छ र यहाँलाई मैले विनम्र अनुरोध गरेको छु । आक्जियाटा कम्पनीको सिईओलाई नै किन अर्थ समितिले पत्र काटोस् । त्यसको लागि के कस्तो सहयोग गर्नुपर्छ हामी तयार छौं ।’ त्यस्तै उनले एनसेल बिक्रीलाई भ्रष्टाचारको रामायण काण्डको उपमा दिए । 

‘भ्रष्टाचारको रामायण काण्डहरुको चै नेपालमा एकपछि अर्को पर्दापण भईरहेका छन् । त्यो देखिरहेका छौं । नक्कली शरणार्थी काण्ड, सुन काण्ड, स्कट मार्केट काण्ड, हुँदै आज हामी एनसेल काण्डसम्म आईपुगेका छौं ।’ उनले भने ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै