• २०८१ जेठ ४ शुक्रबार

प्रधानमन्त्री प्रचण्डले भेटे विपिन जोशीका आमा-बुबा

kharibot

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा बेपत्ता रहेका विपिन जोशीका आमा-बुवालाई भेटेका छन् ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार धनगढी विमानस्थलमा विपिनका आमा-बुवासँग भेटेर कुराकानी गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका- ३ का विपिन गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा बेपत्ता भएका थिए ।  उनलाई हमासले नियन्त्रणमा लिएको थियो ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा छोरालाई स्वदेश फर्काउन पहल गरिदिन विपिनका आमा-बुवाले आग्रह गरेका छन् । जवाफमा प्रधानमन्त्री प्रचण्डले सरकारले विपिनको रिहाइका लागि पहल गरिरहेको बताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय