• २०८१ जेठ ४ शुक्रबार

एरियल एक्सन फिल्म‘फाइटर’को टिजर सार्वजनिक

kharibot

काठमाडौँ । बलिवुडका सफल निर्देशक सिद्धार्थ आनन्द निर्देशित नयाँ फिल्म ‘फाइटर’को टिजर सार्वजनिक गरिएको छ । 

अभिनेता ऋतिक रोशन, अनिल कपुर र दीपिका पादुकोण अभिनित यस फिल्मको टिजरमा कलाकारको संवाद नराखिएको भएपनि दर्शकलाई उत्साहित बनाउछ ।

टिजरबाट ऋतिक र दीपिका स्क्वाड्रन लीडर बनेको बुझ्न सकिन्छ भने अनिल कपुर ग्रुप क्याप्टेनको भूमिकामा देखिएका छन् । २५० करोड भारु मा बनेको यो फिल्म भारतको स्वतन्त्रता दिवसको अवसर पारेर २०२४ को २५ जनवरीदेखि प्रदर्शनमा आउँदैछ ।  ।

‘फाइटर’लाई भारतको पहिलो एरियल एक्सन फिल्म भनिएको छ । यसको अन्य सिरिज पनि बनाइने बताइएको छ । फिल्ममा करण सिंह ग्रोवर, अक्षय ओबेरायको पनि महत्त्वपूर्ण भूमिका रहेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै