• २०८१ बैशाख २५ मंगलबार

परराष्ट्रमन्त्रीको कतारी विदेश राज्यमन्त्रीसँग जोशीको रिहाईको पहल गरिदिन आग्रह

kharibot

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजीज अल खुलाइफीसँग भेटवार्ता गरेका छन् ।

आइतबारबाट सुरु भएको २१औं दोहा फोरममा सहभागी हुन हाल दोहामा रहेका मन्त्री साउदले कतारी विदेश राज्यमन्त्री  खुलाइफीसँग भेटवार्ता गर्दै विपिन जोशीको रिहाईको लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उक्त अवसरमा परराष्ट्रमन्त्री साउदले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी जोशीको छिटोभन्दा छिटो रिहाईको लागि पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा खुलाइफीले नेपाली नागरिक जोशीको रिहाईको लागि लगातार रुपमा लागिरहेको जानकारी दिए ।

कतारले अहिले इजरायल र हमासबीच मध्यस्थताको भूमिका खेलिरहेको छ भने हमासको राजनीतिक कार्यलय पनि दोहामै रहेको छ ।

हमास विद्रोहीले अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दै इजरायलसहित विभिन्न मुलुकका नागरिकहरुलाई बन्दी बनाएर लैजादा जोशीलाई समेत लागेको थियो । जोशी सुदूरपश्चिम विश्वविद्यालयबाट ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल पुगेका थिए । अक्टोबर ७ को आक्रमणमा सोहि कार्यक्रम अन्तरगत गएका १० जना नेपालीको घटनास्थलमा मृत्यु भएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै