• २०८१ बैशाख २४ सोमबार

जापानी समुन्द्री तटमा देखिए मरेका लाखौं माछा, कारण खोजी हुदैँ

kharibot

टोकियो । गत शुक्रबार बिहान देखी जापानको होक्काइडो प्रान्तको हाकोडातेको तटमा हजारौं माछा बाहिर देखिएको छ । यति ठूलो संख्यामा मरेको माछा देखेपछि स्थानीयवासी चकित भएका छन् । स्वास्थ्य विज्ञहरुले यी माछा नखान सल्लाह दिएका छन् ।

स्थानीय प्रशासनले मरेको माछा घरमा नल्याउन पनि आग्रह गरेको छ । किनभने विषका कारण यी माछा मरेको हुनसक्छ । यी मरेको माछाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा हजारौंको संख्यामा मरेका माछा देखिए पछि स्थानीयवासी र वातावरणविद्दमा चिन्ता बढेको छ ।

समाचार अनुसार माछाहरू मुख्यतया सार्डिन र केही म्याकरेल हुन्। सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा देख्न सकिन्छ कि मरेको माछाका कारण समुद्रको पानी करिब एक किलोमिटरसम्म सेतो देखिन्छ । यस्तो देखिन्छ कि कम्बल फैलिएको छ तर यो मरेको माछा मात्र हो। 

समाचार अनुसार प्रशासनको कडाइका बाबजुद पनि केही स्थानीयवासीले यी माछा सङ्कलन गरी बिक्री गर्न थालेकाले यी माछा बोक्ने व्यक्तिले खाँदा बिरामी हुने निश्चित रहेको जनाउ दिइएको छ । 

हाकोडेट फिशरीज रिसर्च इन्स्टिच्युटका अनुसन्धानकर्ता ताकाशी फुजियोकाले माछालाई ठूलो सिकारीले खेदेको हुनसक्ने बताए । जसका कारण अक्सिजनको कमीका कारण तिनीहरू थकित भएका थिए र अन्ततः किनारमा पसेको एपी रिपोर्टले जनाएको छ। 

माछा खाने कुरामा फुजियोकाले भने कि यी माछाहरू कुन परिस्थितिमा पखालिए भन्ने हामीलाई निश्चित रूपमा थाहा छैन, त्यसैले म तिनीहरूलाई खान सिफारिस गर्दिन। 

समाचार अनुसार जापानमा गत वर्ष र ५ वर्षअघि पनि होक्काइदोको वाक्कनाइ सहर नजिकै भारी हिमपात भएपछि यस्तै घटना भएको थियो । यस अवधिमा पनि मरेको माछाको मृत्युको कारण अझै रहस्य मै छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै