• २०८१ जेठ १ मंगलबार

टेस्लाको अटोपाइलटमा गडबडी, २० लाख गाडी फिर्ता बोलायो

kharibot

काठमाडौँ । एलन मस्कको विद्युतीय सवारीसाधन उत्पादन गर्ने कम्पनी टेस्ला इंकले प्राविधिक त्रुटिका कारण आफ्ना २० लाख गाडी फिर्ता बोलाएको छ ।

मस्कको कम्पनीले २०१५ देखि अमेरिकामा बेचेका मोडेलहरू समावेश छन्, जसमा अटोपायलट सुविधा रहेको छ ।

अमेरिकी अटो रेगुलेटरले दिएको जानकारी अनुसार अटोपाइलट प्रणालीमा भएको गडबडीलाई समाधान गर्न यी विद्युतीय सवारी साधनलाई फिर्ता बोलाइएको हो । यो प्रणालीले सेल्फ-ड्राइभ मोड सक्रिय हुँदा चालकलाई सडक र ट्राफिक अवस्थाहरूमा सचेत गराउन काम गर्छ ।

सवारी साधनको वरपरको यातायातको मूल्याङ्कन गर्न  अटोपाइलट टेक्नोलोजीले क्यामेरा र सेन्सरहरू प्रयोग गर्दछ । सवारीसाधनलाई सुरक्षित लेनमा राख्नको लागि यसले सडकमा लेन मार्किङको पनि निगरानी गर्छ । यद्यपि, आलोचकहरूले सुरुदेखि नै टेस्लाको अटोपायलट प्रणालीमा धेरै कमीहरू औंल्याइरहेका छन् ।

अटोपाइलट प्रणालीमा खराबीका कारण धेरै दुर्घटना भएका छन् । टेस्लाको अटोपायलट प्रणाली विवादास्पद रहेको छ र यसले धेरै दुर्घटनाहरू निम्त्याएको छ । अमेरिकाको नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशनले पनि त्यस्ता दुर्घटनाको अनुसन्धान सुरु गरेको करिब २ वर्षपछि यो रिकल जारी गरेको हो ।

अनुसन्धानको क्रममा सेल्फ-ड्राइभ मोड सक्रिय हुँदा चालकलाई सतर्क राख्न अटोपाइलट प्रणालीले प्रयोग गर्ने कार्यहरू राम्ररी काम नगरेको पत्ता लागेको थियो । जसका कारण दुर्घटना हुने सम्भावना रहन्छ ।

कम्पनीले फिर्ता बोलाइएका विद्युतीय सवारी साधनहरूमा थप नियन्त्रण अलर्टहरू थप्ने बताएको छ । साथै, यसले सफ्टवेयर ओभर द एयर (ओटीए) लाई पनि अपडेट गर्नेछ, जसले गर्दा चालकले सवारी चलाउँदा बढी चनाखो हुन सक्छन् । यसका लागि कम्पनीले ग्राहकबाट कुनै किसिमको शुल्क लिने छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै