• २०८१ बैशाख १५ शनिबार

पाँचथर पुगेर ओलीको दाबी- एमालेले एकल बहुमत पुर्‍याएर सरकार बनाउछ

kharibot

पाँचथर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ मा हुने निर्वाचनबाट एमालेले एकल बहुमत पुर्‍याएर सरकार सञ्चालन गर्ने दाबी गरेका छन् । 

पाँचथरको फिदिममा झुलाघाट चिवाभन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा, २०८० को बहृत् जनसभालाई आज सम्बोधन गर्दै उनले उक्त दाबी गरेका हुन् ।

अध्यक्ष ओलीले अब भाँडाकुटी खेलजस्तो हाडाभाँडा बुटुलेर सरकार सञ्चालन गर्दा जनताले आहातमात्रै पाउने भन्दै अब मिसन–८४ नै सञ्चालन गरी एमालेले एकल बहुमत पुर्याएर सरकार सञ्चालन गर्ने बताए । 

पूर्व प्रधानमन्त्री ओलीले सडकबाट कराएर मात्रै आफ्ना माग पूरा गर्न नसकिने बताउँदै विमतिका बीचमा पनि सहमति खोज्न कोशी प्रदेशविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई आग्रह गरे ।

यस्तै उनले तमोर जलासयबाट बृहत् हाइड्रो निर्माण गरी मुलुकलाई उज्यालो बनाउनुपर्ने र नेपालमा खपतपश्चात उभ्रिएको विद्युत् विदेश निर्यात गर्नुपर्ने तर सरकारले गर्न नसकेको प्रति दुःख व्यक्त गरे । अध्यक्ष ओलीले भोलि बिहान पाँचथरको चिवाभन्ज्याङ पुगेर झण्डोत्तलन गर्ने कार्यक्रम छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै