काठमाडौं । एसियाली फुटबल महासंघले सातदोबाटोस्थित एन्फा मैदानमा प्याराफिट र फ्ल्डलाइट निर्माणका लागि एक लाख ३० हजार अमेरिकी डलर सहयोग गर्ने भएको छ ।
एएफसीको मुख्यालयमा आज बसेको एन्फा पदाधिकारी र एएफसीका पदाधिकारीबीचको बैठकमा महासंघले एन्फालाइ झण्डै एक करोड ४१ लाख बराबरको सहयोग गर्ने सहमति भएको एन्फाका अध्यक्ष कर्म छिरिङ शेर्पाले जानकारी दिएका छन् ।
एएफसीसँगको सम्झौतामा नेपालका तर्फबाट महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेका छन् ।
नेपालमा हुने फुटबल प्रतियोगिताका लागि एकमात्र विकल्पका रुपमा रहेको सातदोबाटो मैदानमा हाल पाँच हजार क्षमताको प्याराफिट रहेको छ ।
दशरथ रंगशाला भूकम्पका कारण खेल्न योग्य नभएपछि सातदोबाटोको मैदान नै प्रयोग हुदै आएको छ ।