• २०८१ बैशाख १६ आइतबार

प्रधानमन्त्री कुलपति हुने व्यवस्था परिर्वतन हुन्छ- शिक्षामन्त्री राई

kharibot

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले, प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिर्वतन हुने बताएका छन् । 

प्रतिनिधि सभा अन्तरगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले  प्रधानमन्त्रीलाई कुलपति राख्न हुन्न भनेर प्रधानमन्त्रीले नै बारम्बार भनिरहेको भन्दै सक्षम व्यक्तिलाई कुलपति बनाउने प्रावधानसहितको विधेयक निर्माण गर्ने बताए। 

‘ विश्वविद्यालयको प्रगति बाधकको अवस्था हुने भयो, नीति निर्मार्णको जिम्मेवारी छुट्टै हुन्छ विश्वविद्यालयको छुट्टै त्यसकारण यो सबै जिम्मेवारी लिनु रहरको विषय पनि होइन, र अब सहकुलपति, कुलपति, उपकुलपति र पदाधिकारीको जिम्मेवारी निर्वाह गर्न सक्ने सक्षम जनशक्ति हामीसँग पर्याप्त पनि छ ।’ उनले भने ‘मैले भनेको छु । नयाँ विश्वविद्यालयको विधेयकहरु आईरहेका छन्, संरचनात्मक हिसाबले प्रधानमन्त्री कुलपति हुने, शिक्षा मन्त्री सहकुलपति हुने त्यो मोडालिटीबाट बाहिर छौँ। त्यो राष्ट्रिय सभाले पारित गरेको छ अब प्रतिनिधिमा आउँछ होला ।’ 

त्यस्तै उनले विश्व विद्यालय सञ्चालनको परम्परागत पद्धतिलाई परिवर्तन गरेर जाने बताए । उनले भने ‘ नेपालमा भएको विश्वविद्यालय भन्दा पनि अझै बढि विश्वविद्यालय बढाउनु पर्ने अवस्था छ तर विश्वविद्यालय बढाउने भनेर बेतिथि बढाउने हिसाबले जानु हुदैँन् । गुणको सुनिश्चितता हुनुपर्यो, व्यवस्थामा चल्नु पर्यो भन्ने निष्कर्षमा पुगेका थियौं ।’

विश्वविद्यालयमा भएका कमी कमजोरी सुधारका लागि सबैको सहकार्य जरुरी रहेको उनको भनाई छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै