• २०८१ जेठ ५ शनिबार

साउदीबाट भारत आउँदै गरेको तेल बोकेको जहाजमा ड्रोन आक्रमण

kharibot

नयाँ दिल्ली । हिन्द महासागरमा साउदीबाट भारत आउँदै गरेको तेल जहाज एमभी केम प्लुटोमा शनिबार ड्रोन आक्रमण भएको छ । भारतीय नौसेनाका अनुसार यो जहाजमा २० जना भारतीय चालक दलका सदस्य रहेका छन् ।

यससँगै भारतीय सेनाले कोस्ट गार्डको गस्ती जहाज आइसीजीएस विक्रमलाई आक्रमण भएको ठाउँमा पठाएको बताएको छ । नौसेना पनि अलर्टमा रहेको र युद्धपोत पनि घटनास्थलतर्फ प्रस्थान गरेको बताएको छ ।

जहाज साउदी अरबबाट मंगलुरु जाँदै थियो । यसमा कच्चा तेल हुन्छ । रिपोर्ट अनुसार आक्रमणमा कसैलाई पनि क्षति नभए पनि जहाजमा आगो लागेको थियो । यो आगो नियन्त्रणमा आएको छ । लाइबेरियाको झण्डा भएको यो जहाज इजरायलको रहेको बताइएको छ ।

आगलागीका कारण जहाजको काम गर्ने क्षमतामा असर परेको छ । बेलायती सेनाको सामुद्रिक व्यापार अपरेसनले जहाज भारतको पोरबन्दर तटबाट करिब २०० समुद्री माइल टाढा रहेको बताएको छ । यद्यपि, यो भारतको विशेष आर्थिक क्षेत्रबाट टाढा थियो ।

अहिलेसम्म आक्रमणको जिम्मेवारी कसैले लिएको छैन । जहाजलाई अन्तिम पटक साउदी अरेबियाले सम्पर्क गरेको थियो ।

यसभन्दा करिब एक महिना अघि, हुथी विद्रोहीहरूले रेड सीमा कार्गो जहाज ग्यालेक्सी लिडर अपहरण गरेका थिए । सो जहाज टर्कीबाट भारत आउँदै थियो । हुथी विद्रोहीहरूले यसलाई इजरायली जहाज सम्झेर अपहरण गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै