• २०८१ जेठ ४ शुक्रबार

फाइटरका लागि कसले कति लिए पारिश्रमिक ?

kharibot

काठमाडौँ । २०२४ को पहिलो महिना जनवरी २५ मा रिलिजको तयारीमा रहेको बलिवुड अभिनेता ऋतिक रोशन र दीपिका पादुकोण स्टारर फिल्म ‘फाइटर’ अहिले चर्चामा छन् । ठुलो पर्दामा पहिलो पटक देखिन लागेका ऋतिक र दीपिकाका कारण फ्यानहरुका लागि फाइटर बहिप्रतिक्षित फिल्म बनेको छ । 

यस फिल्म कलाकारका लागि दिइएको ठुलो पारिश्रमिकका कारण पनि चर्चामा रहेको छ ।  भायकम १८ स्टुडियोज र मार्फ्लिक्स पिक्चर्सले बनाएको फाइटरका लागि ऋतिक रोशनले ५० करोड भारु पारिश्रमिक लिएका छन् । त्यस्तै प्रमुख भूमिकामा रहेकी दीपिका पादुकोणले यस फिल्मका लागि १५ करोड भारु लिएकी छन् । 

त्यस्तै यस फिल्मका लागि अनिल कपुरले ७ करोड भारु लिएका छन् भने करण सिंह ग्रोभरले २ करोड पारिश्रमिक लिएका छन् ।  त्यस्तै अक्षय ओबरायले यस फिल्मका लागि एक करोड पारिश्रमिक लिएका छन् ।

फिल्मका कलाकारलाई नै यति ठुलो पारिश्रमिक दिइएको यस फिल्मको कुल बजेट २५० करोड भारु रहेको बताइएको छ ।   

यो फिल्म आसाम, हैदराबाद, जम्मु कश्मीर र मुम्बईमा छायांकन गरिएको छ । ब्रिटिश भिजुअल इफेक्ट कम्प्युटर एनिमेसन स्टुडियोमा ६ महिनासम्म फिल्मको भिएफएक्समा काम गरिएको बताइएको छ । यो फिल्म यसअघि ३० सेप्टेम्बर २०२२ मा रिलिज हुने तालिका थियो तर कोरोनाका कारण ढिला भएको थियो ।

फिल्ममा भारतीय वायुसेनाका कैडेटहरूले पनि वास्तविक जीवनमा काम गरेका छन् ।

यस अघि ‘स्पिरिट अफ फाइटर’ नामको फिल्मको टिजर १५ अगस्टमा रिलिज भएको थियो । जसमा ऋतिक, दीपिका र अनिल कपुरको एयर फोर्स अफिसर लुक्स सार्वजनिक भएको थियो । सिद्धार्थ आनन्दको निर्देशनमा बनेको यो फिल्म २५ जनवरीमा रिलिज हुँदैछ । सिद्धार्थ आनन्दले यो फिल्म २०२१ मा घोषणा गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै