• २०८१ बैशाख १७ सोमबार

जाजरकोटको त्रिपालमा २४ दिनकी सुत्केरीको चिसोले मृत्यु

kharibot

जाजरकोट । जाजरकोटमा २४ दिनकी सुत्केरीको चिसोले मृत्यु भएको छ। कुशे गाउँपालिका–९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको बुधबार मृत्यु भएको प्रहरीको भनाइ छ ।

उनले २४ दिनअघि छोरालाई जन्म दिएकी थिइन्। यसअघि एउटा दुईवर्षीय छोरा रहेकोमा उनको दोस्रो सन्तानलाई जन्म दिएकी थिइन् ।

तीन दिनअघिदेखि कल्पनाको शरीर सुन्निएको थियो । कल्पनाको परिवार कात्तिक १७ गतेको भूकम्पपछि पालमुनि बस्दै आएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै