• २०८१ बैशाख १५ शनिबार

कर्णालीमाथि बागमती प्रदेश १० विकेटले विजयी

kharibot

काठमाडौँ । जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगिता अन्तर्गत बागमती प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ ।

विहिबार सम्पन्न खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको हो ।

कर्णालीले दिएको केवल ४३ रनको लक्ष्य पछाएको बागमतीले ४.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि कर्णालीले पहिला ब्याटिंग गर्दै १३.४ ओभरमा अल आउट हुदै केवल ४२ रन बनाएको थियो ।

यो जितपछि बागमती प्रदेशको प्लेअफको सम्भावना बलियो बनेको छ । बागमतीको ६ खेलमा ८ अंक भएको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।

त्यस्तै कर्णाली प्रदेशले भने लगातार छैटौं खेलमा हार बेहोरेको छ र  प्लेअफको दौडबाट बाहिरिएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै