• २०८१ जेठ ६ आइतबार

महसुल नतिर्ने उद्योगको लाइन काट्दै जान्छौं- प्राधिकरण

kharibot

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रक लाइनबाट विद्युत् उपभोग गरेको कुल ६१ उद्योगबाट २०८० मङ्सिर मसान्तसम्म कुल २२ अर्ब २४ करोड रुपैयाँ महसुल उठ्न बाँकी रहेको जनाएको छ ।

बिहीबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान  घिसिङले पत्रकार सम्मेलन गर्दै प्राधिकरणको बक्यौताबारे जानकारी गराएकाह उन ।

प्राधिकरणले यसमध्ये करिब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको बक्यौता हालै लाइन विच्छेद गरिएका ९ वटा ठुला उद्योगहरूको भएको जनाएको छ । 

घिसिङले प्राधिकरणले बक्यौता रहेका अन्य उद्योगहरूको लाइन क्रमशः काट्दै जाने योजना रहेको प्रस्ट पारेका छन् । पटक–पटकको ताकेतामा पनि छुट महसुल तिर्न नआएपछि विद्युत् लाइन काट्न सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवम् ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको महसुल नतिरेका ग्राहकहरूको विद्युत् आपूर्ति बन्द गरिएपछि सार्वजनिक रूपमा भइरहेका टिका टिप्पणीप्रति प्रस्ट पार्न प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै