• २०८१ बैशाख १५ शनिबार

अमेरिकाबाट आएको पार्सलमा गाँजा, हुलाक कार्यालय बाराबाट ३ जना पक्राउ

kharibot

बारा । विदेशबाट पार्सल गरी पठाइ्एको लागुऔषध गाँजासहित बारामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

अमेरिकाबाट आएको पार्सलबाट लागु औषध डिलेभरी हुँदै छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र लागु औषध व्युरो वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमवार वीरगञ्ज महानगरपालिका वडा नम्बर १ सिसवावारी बस्ने वर्ष २२ का नैमोदिन मियाँ, सोही ठाउँ बस्ने वर्ष २७ का जितेन्द्र साह सोनार र वर्ष २२ का कृष्णा सराफलाई ५ प्याकेट गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

पार्सलको गाँजा बुझेर लैजादै गरेको अवस्थामा उनीहरुलाई जिल्ला हुलाक कार्यालय बारा परिसरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार पपक्रोन मिक्स ट्रियो लेखिएको रातो रंगको टिनको डब्बाभित्र ३ प्याकेट, वल्डफेशन ओट्स लेखिएको डब्बामा १ र क्वीक वट्स लेखिएको अर्को डब्बाभित्र १ प्याकेट गाँजासहित उनीहरुलाई पक्राउ गरिएको हो ।

गाँजासहित नियन्त्रणमा लिइएका उनीहरु विरुद्ध लागु औषध मुद्दामा बारा जिल्ला अदालतबाट हिजो ५ दिनको म्याद लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरी प्रवक्ता न्यौपानेले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै